नामिबियाविरुद्ध संकटमा नेपाल, कप्तान राेहित पाैडेल आउट

नामिबियाविरुद्ध संकटमा नेपाल, कप्तान राेहित पाैडेल आउट

केन्द्रबिन्दु
140
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले खराब सुरुवात गरेको छ। नेपालले नामीबियाविरुद्ध २१ रन जोड्दा महत्त्वपूर्ण ४ ब्याटरलाई गुमाएको छ।

चाैथाै ब्याटरका रूपमा नेपालले कप्तान राेहित पाैडेललाई गुमाएकाे हाे। नेपालले चौथो विकेटको रुपमा कप्तान रोहित पौडेललाई १ रनमा गुमाएको हो ।

यसअघि ओपनरद्वय कुशल भुर्तेल, आसिफ शेख र अनिलकुमार साह आउट भएका हुन्। कुशल ०, आसिफ ४ र अनिल ८ रनमा आउट भएका हुन्। अहिले भीम सार्की र कुशल मल्ल क्रीजमा छन्।

Logo