रोनाल्डोको गोलमा अल नासरको जित

रोनाल्डोको गोलमा अल नासरको जित

केन्द्रबिन्दु
196
Shares

काठमाडाैँ। स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलको मद्दतमा साउदी टोली अल-नासरले एसियाली च्याम्पियन्स लिगमा जित दर्ता गरेको छ । च्यम्पियन्स लिगको पश्चिम क्षेत्र अन्तर्गत प्रि-क्वाटरफाइनल खेलको पहिलो लेगमा अल नासरले अर्को साउदी क्लब अल फायहा माथि १-० को जित दर्ता गरेको हो ।

अल नासरको जितमा रोनाल्डोले खेलको ८१औ मिनेटमा गोल गरे । मार्सेलो ब्रोजोभिचको चिप पासमा डिफेन्स लाइन पछाडी रन बनाएर रोनाल्डोले बक्स भित्रबाट गोल गरेका थिए ।

अल नासर समुहमा ६ खेलमा ४ जित र २ बराबरी सहित १४ अंक बटुल्दै शीर्ष स्थानमा रहेर अन्तिम १६मा आफ्नो स्थान स्थान बनाएको हो । अल फायहा भने समुहमा युएइको टोली अल ऐन पछाडी रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।

एसियाली च्याम्पियन्स लिगमा पुर्व र पश्चिम क्षेत्र बीच ३२ टोली मध्ये १६-१६ टोली विभाजित छन् । पुर्व र पश्चिम क्षेत्रबाट १-१ टोली फाइनल पुग्ने छन् भने फाइनल खेल होम एण्ड अवे प्रणालीमा खेल्ने छन् । गत संस्करणको उपाधि जापानी टोली उरुवा रेड्सले उचालेको थियो ।

Logo