नामिबियाविरुद्ध नेपाल अलआउट, शीर्ष ब्याटरले नै छुन सकेनन् दोहोरो रन

नामिबियाविरुद्ध नेपाल अलआउट, शीर्ष ब्याटरले नै छुन सकेनन् दोहोरो रन

केन्द्रबिन्दु
42
Shares

घरेलु टोली नेपाल आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको उद्घाटन खेलमा अलआउट भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.१ ओभरमा अलआउट हुँदै १३२ रनमा समेटिएको हो । नेपालका कुनैपनि खेलाडीको आज ब्याटिङ सम्झनलायक रहेन । निकै खराव सुरुवात गरेको नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन जोडे । पाँचौ नम्बरमा व्याटिङमा आएका सार्कीले एकातिरबाट लगातार विकेट गइरहे पनि एकातिरबाट नेपाली इनिङ सम्हालेका थिए । तर, सातौं विकेटका रुपमा २७.४ ओभरमा एलबीडब्लू आउट भएका हुन् । उनले ८६ बलमा २ चौका र १ छक्का प्रहार गरे।

नेपालका लागि पाँच ब्याटरले मात्र दोहोरो रन छुन सके । अन्य सस्तैमा गुमे । १०औं नंबरमा मैदानमा उत्रिएका करण केसीले १६ रन जोडे । ३८ बल खेलेर उनले ३ चौकाको मदतमा रन जोडे । साथै पवन सर्राफ १२ रन, गुल्शन झा २१ रन र कुशल मल्लले १५ रन जोडे ।

त्यसअघि पहिलो पावर प्लेको १० ओभरमा २५ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । खेलमा नेपालले पहिलो बलमै विकेट गुमायो। नेपालका ओपनर कुशल भुर्तेल रोयल डकआउट भए । त्यसपछि ब्याटिङमा आएका अनिल साह पनि ८ रनमै आउट भए। उनी पनि ट्रम्पलम्याचनकै एलबीडब्लूको धरापमा परे। चौथो ओभरमा आसिफ शेख पनि ४ रनमै आउट भए। कप्तान रोहितकुमार पौडेल पनि चौथो विकेटका रुपमा ज्याक ब्रासेलको बलमा बोल्ड भएका थिए । इन साइड एज लागेर बोल्ड आउट भएका उनले १० बलमा खाता खोले । तर, दोस्रो रन थप्न सकेनन् ।

बलिङमा नामिबियाका कप्तान जेरार्ड एरास्मसले सर्वाधिक ५ विकेट लिए । नेपालको मध्यक्रमलाई सस्तैमा समेट्न उनको बलिङ घातक बन्यो । त्यस्तै, रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले समान २/२ विकेट लिँदा निकोल लोफ्टिइटनले एक विकेट लिए ।

आजको खेलमा नेपाल र नामिबिया दुवै विजयी सुरुआत गर्न चाहन्छन् । पछिल्लो पटक घरेलु मैदानमा भएको खेलमा नेपालले नामिबियालाई हराएको छ । नेपालले त्यसै जितलाई निरन्तरता दिन चाहन्छ । यता नामिबिया भने उक्त हारको बदला लिने दाउमा छ ।

Logo