ललितले लिए नामिबियाका दुवै ओपनरको विकेट

ललितले लिए नामिबियाका दुवै ओपनरको विकेट

केन्द्रबिन्दु
210
Shares

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ। नेपाललाई पहिलो सफलता दिलाएका ललित राजवंशीले नै दोस्रो सफलता दिलाएका हुन्।

उनले छैटौँ ओभरको तेस्रो बलमा नामिबियाका निको डाभीनलाई १५ रनमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए।ललितले १४औं ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई २३ रनमा अनिल साहको हातबाट गराएका हुन्। नेपालले दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबिया १४ ओभरमा २ विकेट गुमाएर ५६ रन बनाएर खेलिरहेको छ।

Logo