नामिबियाविरुद्ध सोमपाल कामीले एकै ओभरमा लिए २ विकेट

नामिबियाविरुद्ध सोमपाल कामीले एकै ओभरमा लिए २ विकेट

केन्द्रबिन्दु
56
Shares

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालका तीव्र गतिका बलर सोमपाल कामीले एकै ओभरमा २ विकेट दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले तेस्रो विकेटका रुपमा कप्तान जेरार्ड एरास्मसलाई गुमाएको हो । २० औं ओभरको तेस्रो बलमा उनलाई ८ रनमा सोमपालले पवेलियन फर्काएका हुन् । साथै उक्त ओभरको अन्तिम बलमा उनले नै ओपनर जान फ्रिलिंकलाई ३४ रनमा क्याच आउट गराए ।

यसअघि नेपाललाई पहिलो सफलता दिलाएका ललित राजवंशीले नै दोस्रो सफलता दिलाएका थिए । उनले छैटौँ ओभरको तेस्रो बलमा नामिबियाका निको डाभीनलाई १५ रनमा आउट गर्दै पहिलो सफलता दिलाएका थिए।ललितले १४औं ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई २३ रनमा अनिल साहको हातबाट गराएका हुन्।

Logo