सोमपाल कामीले लिए ग्रिनको विकेट, नामिबिया धर्मराउँदै

सोमपाल कामीले लिए ग्रिनको विकेट, नामिबिया धर्मराउँदै

केन्द्रबिन्दु
0
Shares

आईसीसी क्रिकेट विश्वकप लिग -२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालका तीव्र गतिका बलर सोमपाल कामीले पाँचौं विकेट लिएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले पाँचौं विकेटका रुपमा जेन ग्रिनलाई गुमाएको हो । २४औं ओभरको पहिलो बलमा उनले ग्रिनलाई २ रनमा क्याच आउट गराएका हुन् ।

यसअघि सोमपाल कामीले एकै ओभरमा २ विकेट दिलाएका थिए । २० औं ओभरको तेस्रो बलमा उनलाई ८ रनमा सोमपालले पवेलियन फर्काएका हुन् । साथै उक्त ओभरको अन्तिम बलमा उनले नै ओपनर जान फ्रिलिंकलाई ३४ रनमा क्याच आउट गराए ।

Logo