आईसीसी विश्वकप लिग-२ः आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

आईसीसी विश्वकप लिग-२ः आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

केन्द्रबिन्दु
168
Shares

काठमाडौँ । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार ९:१५ बजेदेखि सुरु हुनेछ।

नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग-२ ९२०२३-२०२७० को सुरुवात गर्न लागेको हो। नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ।

पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ। नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो। लिग-२ शृङ्खला सन् २०२७ सम्म चल्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार, लिग.२ शृङ्खलामा आठ राष्ट्र सहभागी हुनेछन्।

पहिलो संस्करणमा सात वटा राष्ट्र मात्र सहभागी थिए। लिग-२ शृङ्खला सन् २०२७ मा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो। सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदैछ।

यसपटक लिग-२ प्रतियोगितामा नेपाल, नामिबिया र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन्।

Logo