नेदरल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल, दिपेन्द्रको ‘कमब्याक’

नेदरल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल, दिपेन्द्रको ‘कमब्याक’

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा नेपालले टस जितेको छ। टीयू क्रिकेट मैदानमा नेपाल कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो।नेपाली टोलीले आजको खेलमा दुई परिवर्तन गरेको छ। नेपालको टोलीमा अलराउन्डर दीपेन्द्रसिंह ऐरी फर्किएका छन्।

आइएल टी-२० खेल्न गएका दीपेन्दले क्यानडाविरुद्धको सिरिज र नामिबियाविरुद्धको पहिलो खेल गुमाएका थिए। त्यस्तै देव खनाललाई पनि मौका दिइएको छ।

यस्तो छ नेपालको प्लेइङ ११ :

रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी

Logo