नेदरल्याण्ड्सले गुमायो आठाैँ विकेट

नेदरल्याण्ड्सले गुमायो आठाैँ विकेट

केन्द्रबिन्दु
196
Shares

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले आठाैँ विकेट लिएको छ। कुशल भुर्तेलले ३२ औँ ओभरकाे अन्तिम बलमा आर्यन दत्तलाई कुशल भुर्तेलले आउट गरेका हुन् 

यसअघि कप्तान रोहितकुमार पौडेलले २७.२ ओभरमा शरिज अहमदमलाई खाता नै खोल्न नदिइ क्लिन बोल्ड गरेका हुन्। उनी आउट हुँदा नेदरल्याण्डसले १०१ रन मात्र बनाएको छ।

यस्तै २६.३ ‌ओभरमा कुशल भुर्तेलले वेस्ली ब्यारेसीलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराउँदै छैटौं विकेट लिएका थिए । खाता नै खोल्न नसकेका वेस्ली ब्यारेसी रिभर स्वीप खेल्ने धुनमा आउट भए।

यसअघि ललित राजवंशीले व्यक्तिगत दोस्रो विकेट लिने क्रममा बास डि लिडेलाई बोल्ड गरे । त्यसअघि ललितले नै स्याब्रान्ड एंगेलब्रेक्टलाई अनिल साहको हातबाट क्याच गराएका थिए ।

खेलको तेस्रो बलमा नै सोमपाल कामीले नेदरल्याण्ड्सका माइकल लेभिटलाई देव खनालको हातबाट क्याच आउट गराएका थिए । नेदरल्याण्ड्सका अर्का ओपनर म्याक्स ओडाउड भने रन आउट भए ।

Logo