नेपालविरुद्ध नेदरल्याण्ड्स अलआउट, कुशल भुर्तेलले लिए ४ विकेट

नेपालविरुद्ध नेदरल्याण्ड्स अलआउट, कुशल भुर्तेलले लिए ४ विकेट

केन्द्रबिन्दु
84
Shares

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सले घरेलु टोली नेपाललाई सामान्य लक्ष्य प्रस्तुत प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा अलआउट हुँदै १३७ रनमा समेटिएको हो । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे । ४९ बल खेलेका उनले १ चौका प्रहार गरे । एकतर्फबाट विकेट झरिरँदा उनले अर्को इनिङ सम्हालेका थिए । तर, ३४औं ओभरको दोस्रो बलमा उनलाई नेपालका कुशल भुर्तेलले पवेलियन फर्काए ।

खराव सुरुवात गरेको नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेभिटलाई सोमपाल कामीले आउट गरे । उनले पहिलो तीन बलको सामना गरेपनि रन भने बनाउन सकेनन् । यस्तै म्याक्स ओ’डाउडले २१ बलमा १० रन बनाए । उनी रन आउट भए । यसैगरी ऐङ्गेलबे्रेक्ट ३५ बल खेल्दै २३ रनमा आउट भएका छन् । उनलाई ललितनारायण राजवंशीले आउट गरेका हुन् । बास डि लिडले २७ रन जोडे पनि अन्यको प्रदर्शन सम्झनलायक रहेन ।

नेदरल्याण्ड्सलाई सस्तैमा समेट्न नेपालका कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । ७ ओभर बलिङको मौका पाएका उनले २० रन खर्चिँदै ४ विकेट लिएका हुन् । त्यस्तै, ललित राजवंशीले २ विकेट, सोमपाल कामी र कप्तान रोहितकुमार पौडेलले १/१ विकेट लिए ।

यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो ।

Logo