नेदरल्याण्ड्सविरुद्ध पहिलो पावर प्लेमा नेपालको विष्फोटिङ ब्याटिङ, १०० रन पूरा

नेदरल्याण्ड्सविरुद्ध पहिलो पावर प्लेमा नेपालको विष्फोटिङ ब्याटिङ, १०० रन पूरा

केन्द्रबिन्दु
112
Shares

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले सानदार ब्याटिङ गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले दिएको १३८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले पहिलो १० ओभरको पावर प्लेमा विष्फोटिङ ब्याटिङ गरेको हो ।

एक विकेटको क्षतिमा नेपालले १०० रन जोडिसकेको छ । नेपालका ओपनर कुशल भुर्तेल २८ रन बनाएर आउट भए । २.५ ओभरमा उनलाई भिभियन जिलिङ किङ्गमले भुर्तेललाई क्याचआउट गराएका हुन् । जम्मा ११ बल खेलेका उनले ३ छक्का र २ चौकाको मद्दतमा २८ रन बनाएका हुन् । हाल क्रिजमा अर्का ओपनर आशिफ शेख र शनिल शाह छन् । उनीहरुले पनि विष्फोटिङ ब्याटिङ गरिरहेका छन् । चौका र छक्का वर्षाइरहेका छन् । आशिफ ४२ रन र अनिल २८ रनमा नटआउट छन् ।

Logo