नेदरल्याण्ड्समाथि नेपालकाे ९ विकेटकाे सानदार जित, आशिफ र अनिलको विष्फोटिङ अर्धशतक

नेदरल्याण्ड्समाथि नेपालकाे ९ विकेटकाे सानदार जित, आशिफ र अनिलको विष्फोटिङ अर्धशतक

केन्द्रबिन्दु
112
Shares

आशिफ शेख र अनिल साहको विष्फोटिङ अर्धशतकमा घरेलु टोली नेपालले आइसीसी विश्वकप क्रिकेट लिग -२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध सानदार जित दर्ता गरेको छ । शनिबार भएको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि ९ विकेटको फराकिलो जित दर्ता गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्सले दिएको १३८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि ओपनर आशिफ शेख र अनिल साहले सानदार अर्धशतकीय पारी खेले । अनिलले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ खेले । ३६ बल खेलेका ६ चौका र ४ छक्का प्रहार गरे । साथै आशिफले ५४ रन जोडे । ४५ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे । उनीहरु दुवै अविजित रहे ।

यसअघि नेपालका अर्का ओपनर कुशल भुर्तेल २८ रन बनाएर आउट भएका थिए । २.५ ओभरमा उनलाई भिभियन जिलिङ किङ्गमले भुर्तेललाई क्याचआउट गराएका हुन् । जम्मा ११ बल खेलेका उनले ३ छक्का र २ चौकाको मद्दतमा २८ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा अलआउट हुँदै १३७ रनमा समेटिएको थियाे । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे । ४९ बल खेलेका उनले १ चौका प्रहार गरे । एकतर्फबाट विकेट झरिरँदा उनले अर्को इनिङ सम्हालेका थिए । तर, ३४औं ओभरको दोस्रो बलमा उनलाई नेपालका कुशल भुर्तेलले पवेलियन फर्काए ।

खराव सुरुवात गरेको नेदरल्याण्ड्सका लागि ओपनर माइकल लेभिटलाई सोमपाल कामीले आउट गरे । उनले पहिलो तीन बलको सामना गरेपनि रन भने बनाउन सकेनन् । यस्तै म्याक्स ओ’डाउडले २१ बलमा १० रन बनाए । उनी रन आउट भए । यसैगरी ऐङ्गेलबे्रेक्ट ३५ बल खेल्दै २३ रनमा आउट भएका छन् । उनलाई ललितनारायण राजवंशीले आउट गरेका हुन् । बास डि लिडले २७ रन जोडे पनि अन्यको प्रदर्शन सम्झनलायक रहेन ।

नेदरल्याण्ड्सलाई सस्तैमा समेट्न नेपालका कुशल भुर्तेलले सर्वाधिक ४ विकेट लिए । ७ ओभर बलिङको मौका पाएका उनले २० रन खर्चिँदै ४ विकेट लिएका हुन् । त्यस्तै, ललित राजवंशीले २ विकेट, सोमपाल कामी र कप्तान रोहितकुमार पौडेलले १/१ विकेट लिए ।

लिग–२ मा नेपालको याे पहिलो जित हाे । यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो ।

Logo