कुशल भुर्तेल भन्छन्- ‘नेदरल्याण्ड्समाथिकाे जितको खुसी छुट्टै छ’

कुशल भुर्तेल भन्छन्- ‘नेदरल्याण्ड्समाथिकाे जितको खुसी छुट्टै छ’

केन्द्रबिन्दु
210
Shares

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा शनिबार नेपालले नेदरल्याण्ड्समाथि ९ विकेटको जित हासिल गरेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा खेल समाप्तिपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुशल भुर्तेलले नेदरल्याण्डस जस्तो विश्वकप खेलिसकेको देशसँग जित हासिल गर्न पाउँदा खुसी लागेको बताए । खेलमा नेपालका लागि भुर्तेल एक्लैले सर्वाधिक ४ विकेट लिएर विजयी गराउन सफल ठूलो योगदान गरेका हुन् ।

उनले भने,‘नेदरल्यान्ड जस्तो विश्वकप खेलिसकेको देशसँग यति राम्रोसँग जित हासिल गर्न पाउँदा खुसी लागेको छ । प्रदर्शन पनि ओभरलमा राम्रो भएको थियो ।’

त्यसैगरी आसिफ शेखले खेलहरुमा टसको भूमिका धेरै महत्वपूर्ण हुने भन्दै नेपालले सुरुमा टस जितेर सहयोग पुगेको बताए । उनले भने,‘जति पनि खेलहरु हामीले खेल्छौं । त्यसमा टसले एकदमै ठूलो भूमिका खेल्छ । बिहानको अवस्था अलि चुनौतीपूर्ण हुन्छ । हाम्रो योजना त्यही थियो सुरुमा टस जितेर राम्रो खेल्ने ।’

Logo