नेपाली क्रिकेट उत्साहीहरूका लागि डिशहोमले ल्यायो पाकिस्तान सुपर लिग

नेपाली क्रिकेट उत्साहीहरूका लागि डिशहोमले ल्यायो पाकिस्तान सुपर लिग

केन्द्रबिन्दु
56
Shares

डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलबाट विशेष रूपमा गर्ने भएको छ । नेपालीहरुको क्रिकेटप्रतिको आकर्षलाई हेर्दै १७ फेब्रुअरीबाट पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।

१७ फेब्रुअरी, २०२४ देखि मार्च १८, २०२४ सम्म, नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ-एक्शनहरू हेर्ने रोमाञ्चक अवसर पाउने छन् ।

एक्शन स्पोर्ट्स एचडीमा विशेष प्रसारणको साथ, क्रिकेट प्रेमीहरूले वर्षको सबैभन्दा प्रत्याशित क्रिकेट घटनाहरू मध्ये एकको विद्युतीय वातावरणमा आफू रम्न सक्ने विश्वास लिइएको कम्पनीले जनाएकाे छ ।

Logo