रियल रोकिँदा जिरोनालाई आशा

रियल रोकिँदा जिरोनालाई आशा

केन्द्रबिन्दु
112
Shares

मड्रिड। ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले छिमेकी रायो भायोकानोसँग अङ्क गुमाएको छ । यसले उपाधि होडमा जिरोना र बार्सिलोनालाई केही आशा दिएको छ ।

खेलको तेस्रो मिनेटमा नै रियलले अग्रता बनाएको थियो । तर, राउल डे टोमासले २७ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै भायोकानोलाई खेलमा फर्काए ।

त्यसपछि कुनै गोल हुन सकेन र खेल बराबरीमा सकियो । खेलको इन्जुरी समयमा ड्यानी कार्भाहालले रातो कार्ड पाउँदै मैदान छाड्न बाध्य बनेका थिए ।

२५ खेलबाट रियलको ६२ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको जिरोनाले एक खेल कम खेल्दै ५६ अङ्क बटुलेको छ । २५ खेलबाट बार्सिलोनाको ५४ अङ्क छ ।

Logo