अन्तरपालिका महिला फुटबलकाे खेल तालिका सार्वजनिक

अन्तरपालिका महिला फुटबलकाे खेल तालिका सार्वजनिक

केन्द्रबिन्दु
84
Shares

विराटनगर। फागुन १० देखि १९ गतेसम्म इलाममा हुने ‘प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबल प्रतियोगिता’ को खेल तालिका सार्वजनिक गरिएको छ ।

माइभ्याली फुटबल क्लबले प्रतियोगितामा आयोजना हुने प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगिताको उद्घाटन खेलमा देउमाई नगरपालिका र रोङ गाउँपालिकाबीच प्रतिस्पर्धा हुने भएको छ ।

स्थानीय खेलाडी महिलाको प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय–अन्तर्राष्ट्रिय तहसम्मका प्रतिस्पर्धामा सहभागी हुन सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष दिनेश काफ्लेका अनुसार प्रतियोगिताको उपाधि विजेता टिमले दुई लाख रुपैयाँसहित ट्रफी पाउने छ । उपविजेता टिमले एक लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ ।

प्रतियोगिताको फाइनल खेलका दिन विभिन्न समयमा इलामबाट राष्ट्रियस्तरका प्रतियोगितामा सहभागी महिला खेलाडीलाई सम्मान गर्ने कार्यक्रम पनि तय भएको काफ्लेले बताए ।

प्रतियोगिताका लागि करिब नौ लाख रुपैयाँको आय–व्यय अनुमान गरिएको छ । प्रत्येक दर्शकबाट अन्य दिन ५० रुपैयाँ र फाइनलको दिन सय रुपैयाँ प्रवेश शुल्क उठाइने भएको छ ।

अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई प्रवेश निःशुल्क गरिनेछ भने विद्यार्थीलाई आधा छुट दिने आयोजक क्लबका सन्तोष भक्तराजले जानकारी दिए ।

Logo