क्यानडाले नेपाल ‘ए’ लाई दियाे २ सय ४१ रनकाे लक्ष्य

क्यानडाले नेपाल ‘ए’ लाई दियाे २ सय ४१ रनकाे लक्ष्य

केन्द्रबिन्दु
98
Shares

काठमाडाैँ। क्यानडाले नेपाल ‘ए’ लाई एकदिवसीय सिरिजको दोस्रो खेलमा २ सय ४१ रनको बलियो लक्ष्य दिएकाे छ । मुलपानी क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको क्यानडा-११ ले निर्धारित ४९.५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनाउन सफल भएकाे हाे ।

श्रेयस मोव्वाले अविजित ६८, नवनीत धालिवालले ४६, आरोन जोनसनले ३६, श्रीमन्थ विजेरत्नेले ४१, डिलन हेलिगरले १६, निकोलस किर्तनले ७, निखिल दत्त र हर्ष ठाकर आठ/आठ रन बनाए ।

बलिङमा नेपालका लागि शाहब आलमले तीन, शेर मल्ल र राशिद खानलले दुई/दुई, बसिर अहमद र सागर ढकालले एक/एक विकेट लिए । नेपाललाई एक विकेट रनआउटको रूपमा प्राप्त भयो।

आज नेपाल ‘ए’ को कप्तानी सन्दीप जोराले गरिरहेका छन्। दोस्रो खेलमा नेपालले नियमित कप्तान विनोद भण्डारी र प्रतिश जिसीलाई विश्राम दिएर शेर मल्ल र रिजन ढकाललाई मौका दिएको छ। सिरिजको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो।

Logo