नामिबियाविरुद्ध नेपालले टस हार्‍यो,पहिले ब्याटिङ गर्ने

नामिबियाविरुद्ध नेपालले टस हार्‍यो,पहिले ब्याटिङ गर्ने

केन्द्रबिन्दु
140
Shares

काठमाडौं। आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाविरुद्ध सिरिजको तेस्रो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्नेछ । नामिबियाका कप्तान जेरार्ड इरासमसले टस जितेर पहिले बलिङ रोजेका छन्।

नेपालले आज करण केसीलाई खेलाएको छ। पछिल्लो खेलबाट गुलशन झा बाहिर छन्। नेपालले पहिलो खेलमा नामिबिया विरुद्ध ४ विकेटको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो। नामिबिया भने आफ्नो दोस्रो खेलमा डच टोलीविरुद्ध पराजित भएको थियो ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, करण केसी, सोमपाल कामी, ललित राजवंशी

नामिबियाको टोली : जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि-इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, ज्याक ब्रासेल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे

Logo