नामिबियाविरुद्ध नेपालले लगातार विकेट गुमाउँदै

नामिबियाविरुद्ध नेपालले लगातार विकेट गुमाउँदै

केन्द्रबिन्दु
154
Shares

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको नामिबियाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले ३८ रनको स्थितिमा लगातार २ विकेट गुमाएको हो।

सातौँ ओभरमा बर्नार्ड स्कल्ट्जले नेपालका कुशल भर्तेल र अनिल शाहलाई आउट गरे। दोस्रो बलमा कुशललाई एलबीडब्लु धरापमा पारेका स्कल्ट्जले चौथो बलमा अनिलाई क्याच आउट गराएका नेपालले ७ ओभरमा २ विकेट गुमाएर ३८ रन जोडेको छ।

अनिलले खाता खोल्न सकेनन् भने कुशलले १८ रन जोडे। स्पीनर स्कल्ट्जले व्यक्तिगत पहिलो ओभरमै नामिबियालाई सफलता दिलाएका हुन्।

Logo