देव खनाल पनि शून्य रनमै आउट

देव खनाल पनि शून्य रनमै आउट

केन्द्रबिन्दु
252
Shares

काठमाडौं। आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको छ । अहिले भइरहेको नामिबियाविरुद्धको खेलमा नेपालले ५ रनको अन्तरमा ३ विकेट गुमाएको हाे। पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेको नेपाल ४३-३ को अवस्थामा पुगेको छ। देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन् भने कुशल भुर्तेलले १८ रन बनाए।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले गतिलो सुरुवात गरेपनि सातौँ ओभरमा बर्नार्ड स्कल्ट्जले २ विकेट लिएर नेपाललाई दबाबमा ल्याएका थिए।

उक्त ओभरको दोस्रो बलमा कुशललाई एलबीडब्लु धरापमा पारेका स्कल्ट्जले चौथो बलमा अनिलाई क्याच आउट गराएका थिए। आठौँ ओभरमा नामिबियाका ज्याक ब्रास्सेलले देव खनाललाई डक आउट गरे।

Logo