नामिबियाविरुद्ध १० ओभरमा नेपालको तीन विकेट गुमाएर ६६ रन

नामिबियाविरुद्ध १० ओभरमा नेपालको तीन विकेट गुमाएर ६६ रन

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ। आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ अन्तर्गतको बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै दश ओभरमा तीन विकेट गुमाएर ६६ रन बनाएको छ। नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख ३४ र कुशल मल्ल १२ रन बनाउँदै क्रिजमा छन्। नेपालको रन रेट ६.६० रहेको छ।

आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ मा नेपालले तेस्रो खेल खेलिरहेको हो। आफ्नो पहिलो खेलमा नेपाली टोली नामिबियासँग चार विकेटले पराजित भएको थियो। दोस्रो खेलमा भने नेपालले बलियो प्रतिद्वन्द्वी नेदरल्यान्ड्सलाई नौ विकेटको फराकिलो अन्तरले हराएको थियो।

दुई खेल खेलेको नेपाल एक जित र एक हारबाट दुई अंक बटुल्दै तालिकाको पहिलो स्थानमा छ। समान अंक जोडेको नामिबिया दोस्रो र समान अंकसहित नेदरल्यान्ड्स तेस्रो स्थानमा आसिन छन्। यसअघि खेलिएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले हराएको थियो।

Logo