नामिबियाविरुद्ध २० ओभरमा नेपालले चार विकेट गुमायाे, १०० रन पूरा

नामिबियाविरुद्ध २० ओभरमा नेपालले चार विकेट गुमायाे, १०० रन पूरा

केन्द्रबिन्दु
182
Shares

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले ओपनर आसिफ सेखलाई चौथो विकेटको रुपमा गुमाएको छ ।बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले १९.५ ओभरमा आसिफलाई गुमाएको हो। 

बुधबार जारी नामिबियाविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा चार विकेट गुमाएर १०० रन बनाएको छ । नेपालका पाँचौँ नम्बरका ब्याट्सम्यान कुशल मल्ल २२ र छैटौँ नम्बरका ब्याट्सम्यान रोहित पौडेल शून्य रन बनाउँदै क्रिजमा छन् ।

त्यसअघि १९.५ ओभरमा नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेख ५८ रन बनाउँदै आउट भएका थिए । पेभेलियन फर्किनुअघि उनले ६४ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नामिबियाले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।

Logo