नामिबियाविरुद्ध नेपाल १६८ रनमा अलआउट

नामिबियाविरुद्ध नेपाल १६८ रनमा अलआउट

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नामिबियाविरुद्ध भिडिरहेको नेपालले एक सय ६९ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ताे पाएको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर एक सय ६८ रन जोडेकाे हाे।

नेपालका लागि आसिफ शेख ५८, कुशल मल्ल ३६,भीम सार्कीले २६ , कुशल भुर्तेल १८ र करण केसीले १२ रन जोडेर आउट भए। दीपेन्द्रसिंह ऐरीले ६ र सोमपाल कामीले ४ रन बनाए। रोहित पौडेल, देव खनाल र अनिल शाहले खाता खोल्न सकेनन्।

४३ रनमा ३ विकेट गुमाएको अवस्थामा आसिफले कुशल मल्लसँग ५७ रनको साझेदारी गरेका थिए। नेपालले एक सय रन जोड्दा चौथो विकेटका रुपमा आसिफ आउट भएका थिए। त्यसपछि नेपालले कुनै पनि विकेटका लागि गतिलो साझेदारी गर्न सकेन।

नेपाल ५ रनको अन्तरमा सुरुका तीन विकेट गुमाएको थियो। त्यसअघि पहिलो विकेटका लागि ३८ रनको साझेदारी भएको थियो। नामिबियाका बर्नार्ड स्कोल्ट्ज र जान निकोल लफ्टी इटनले ४र४ विकेट लिए।

नामिबियासँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो ।

Logo