क्यानडाविरुद्ध नेपाल ए ले पहिले ब्याटिङ गर्दै

क्यानडाविरुद्ध नेपाल ए ले पहिले ब्याटिङ गर्दै

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ। नेपाल एले क्यानडा-११ सँगको एकदिवसीय शृङ्खलाअन्तर्गत आज तेस्रो तथा अन्तिम खेलमा पहिले ब्याटिङ गर्दैछ। मुलपानी क्रिक्रेट मैदानमा क्यानडा-११ ले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो।

यसअघि भएका २ खेलमध्ये पहिलो खेल क्यानडा-११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जित्दै शृङ्खला १-१ को बराबरी गरेको छ।

आजको खेलमा नेपालले दोस्रो खेलको प्लेइङ ११ मा ४ परिवर्तन गरेको छ । विवेक यादव, किरण ठगुन्ना, मयन यादव र रिजन ढकाललाई आराम दिँदै आशुतोष घिरैया, सुजन थपलिया, हेमन्त धामी र प्रतिश जिसीलाई खेलाइएको छ ।

नेपालको प्लेइङ ११

सन्दीप जोरा, अर्जुन कुमाल, बसिर अहमद, रासिद खान, सागर ढकाल, साहब आलम, शेर मल्ल, आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जि.सी.

Logo