क्यानडा -११ सँग नेपाल ए अलआउट

क्यानडा -११ सँग नेपाल ए अलआउट

केन्द्रबिन्दु
98
Shares

नेपाल एले एकदिवसीय शृङ्खलाअन्तर्गत आज तेस्रो तथा अन्तिम खेलमा क्यानडा -११ लाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रिक्रेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४७ ओभरमा अलआउट हुँदै १८१ रन जोडेको हो ।

नेपालका लागि ओपनर आशुतोष घिरैयाले सर्वाधिक २८ रन जोडे । अर्का ओपनर अर्जुन कुमालले २७ रन जोडे । नेपालको सुरुवात राम्रो रहेपनि मध्यक्रम र फिनिसिङ भने चलेन । बसिर अहमदले २४ र सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० रन बनाउँदा रासिद खान र प्रतिश जीसी समान १९/१९ रनमा आउट भए ।

बलिङमा क्यानडाका निकोलस किर्तोन, डिलोन हेलिगर र हर्श थाकरले समान २-२ विकेट लिएका छन् ।

नेपाली क्रिकेट इतिहासमा पहिलो पटक निर्माण गरिएको ए टिमले मंगलबार भएको दोस्रो खेलमा क्यानडालाई २ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा भने नेपाल पराजित भएको थियो। नेपालमाथि क्यानडाले ४ विकेटको जित निकालेको थियो।

Logo