नेपाल एविरुद्धको सिरिजको उपाधि क्यानडा ११ लाई

नेपाल एविरुद्धको सिरिजको उपाधि क्यानडा ११ लाई

केन्द्रबिन्दु
84
Shares

क्यानडा ११ले घरेलु टोली नेपालविरुद्धको एकदिवसीय सिरिजको उपाधि जितेको छ । बिहीवार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल एलाई ४ विकेटले पराजित गर्दै क्यानडा ११ले २-१ ले सिरिजको उपाधिमा कब्जा जमाएको हो ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा नेपाल एले दिएको १८२ रनको लक्ष्य क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गरेकाे हाे । क्यानडाका लागि निकोलस किर्तोनले अर्धशतकको याेगदान गरे । ७९ बल खेलेका उनले छ चाैकाकाे मदतमा ५८ रनमा नटआउट रहे । आरोन जोनसनले ४२ रन जाेड्दा नवदित दलिवालले ३८ रन जाेडे ।

नेपालका साहब आलमले ४ विकेट लिए भने शेर मल्ल र बसिर अहमदको नाममा एक विकेट रह्यो ।

त्यसपछि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनको योगफल बनाएकाे थियाे । नेपालका लागि आशुतोष घिरैयाले सर्वाधिक २८ रनको योगदान दिए । उनले ४३ बलमा पाँच चौकाको सहायताले २८ रन बनाए । त्यसैगरी अर्जुन कुमालले २७ बनाउँदा बसिर अहमदले २५ तथा कप्तान सन्दीप जोराले २४ रन बनाए । सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले १९ रन बनाए ।

क्यानडाका लागि डिलोन हेलिगर, निकोलस किर्तन र हर्ष थाकरले समान दुई/दुई विकेट लिए भने कप्तान साद बिन जफर र कलिम सानाले सामन एक÷एक विकेट लिए ।

तीन खेलको उक्त प्रतियोगितामा हाल दुवै टोलीले एक/एक खेल जितका छन् । नेपाल पहिलो खेलमा चार विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा दुई विकेटको जित हासिल गरेको थियो ।

Logo