शुक्रबारबाट सुरु हुने ‘केपी ओली कप २०८०’को सम्पूर्ण तयारी पूरा, कान्तिपुरले लाईभ गर्ने

शुक्रबारबाट सुरु हुने ‘केपी ओली कप २०८०’को सम्पूर्ण तयारी पूरा, कान्तिपुरले लाईभ गर्ने

केन्द्रबिन्दु
112
Shares

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ, नेपालको आयोजनामा हुने दोस्रो संस्करणको ‘केपी ओली कप २०८०’को सम्पूर्ण तयारी पूरा भएकाे छ । बिहीवार पत्रकार सम्मेलन गर्दै आयाेजकले शुक्रबारदेखि सुरु हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएकाे जानकारी दिएकाे हाे ।

१९ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब र चर्च ब्वाईज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन समाराेहमा नेपालका ख्यातिप्राप्त कलाकारद्वय प्रकाश दुतराज तथा दीक्षा कार्कीको विशेष प्रस्तुती रहने छ । कार्यक्रमको प्रमुख अतिथिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकाे उपस्थिति रहनेछ ।

११ गतेदेखी १६ गतेसम्मका प्रतियोगिताहरु अखिल नेपाल फुटवल संघ (एन्फा) सातदोबाटोमा हुनेछन् भने १७ गते हुने सेमिफाइनल र १९ गते हुने फाईनल प्रतियोगिताहरु दशरथ रंगशाला, त्रिपुरेश्वर काठमाडौंमा हुनेछन् । खेलमा नेपालका सात वटा ‘ए डिभिजन’, दुई विदेशी तथा एक आयोजक गरी १० टीमहरुले सहभागिता जनाउनेछन् । जसमा, नेपालका सात टीमहरुमा जाउलाखेल युथ क्लव, न्यूरोड टीम (एनआरटी), श्री स्टार क्लव, नेपाल पुलिस क्लव, त्रिभुवन आर्मी क्लव, चर्च व्वाईज युनाइटेड, मछिन्द्र क्लव, दुई विदेशी क्लवहरुमा दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजक केपीएफसी क्लवले सहभागिता जनाउनेछन् ।

प्रतियोगिताको प्रथम हुनेलाई रु ११ लाख, द्वितीय हुनेलाई रु पाँच लाख नगद, ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कार प्रदान गरिने छ। त्यस्तै उत्कृष्ट खेलाडीलाई रु एकलाख, उत्कृष्ट गोलरक्षकलाई रु ५० हजार, उत्कृष्ट गोलकर्तालाई रु ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई रु ५० हजार, म्यानअफ द म्याचलाई रु १५ हजार नगदको साथै ट्रफी, प्रमाणपत्र, मेडल तथा अन्य आकर्षक पुरस्कारहरु प्रदान गरिने छ । त्यस्तै हरेक खेल विजेता टीमलाई रु २५ हजार नगद प्रदान गरिने छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण ‘कान्तिपुर टेलिभिजन’ले गर्नेछ भने टिकेटिङ पार्टनर ‘खल्ती’ रहेको छ । यसको साथ साथै अन्य विभिन्न सञ्चारका माध्यमबाट प्रत्यक्ष प्रसारण हुनेछन् । कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नलाई आवश्यक पर्ने मुलआयोजक कमिटी तथा विषयसँग सम्बन्धित उपसमितीहरु गठन गरिएको पनि बताइएकाे छ ।

Logo