विश्वकप क्रिकेट लिग- २ मा नेदरल्यान्डस र नामिबियाबीचको खेल आज

विश्वकप क्रिकेट लिग- २ मा नेदरल्यान्डस र नामिबियाबीचको खेल आज

केन्द्रबिन्दु
140
Shares

काठमाडौं। जारी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत आज नामिबिया र नेदरल्यान्डसबीचको खेल हुँदैछ । यसअघि भएको खेलमा नेदरल्यान्डसले नामिबियालाई पराजित गरेको थियो ।

लिगअन्तर्गत नामिबियाले तीन खेल खेलीसकेको छ भने नेदरल्यान्डसले दुई खेल खेलेको छ। तीन खेलमध्ये नामिबियाले दुई खेलमा नेपाललाई पारजित गरेको थियो भने नेदरल्यान्डससँग हार व्यहोरेको थियो ।

उता आफूले खेलेका दुई खेलमा नेदरल्यान्डसले नामिबियालाई पराजित गरेको थियो भने नेपालसँग पराजित भएको थियो । आज पनि नामिबियालाई पराजित गर्ने लक्ष्यसहित नेदरल्यान्डस मैदानमा उत्रँदै छ । उता नेदरल्यान्डसँग अघिल्लो खेलमा ब्यहोरेको हारको बदला लिने प्रयासमा नामिबिया हुनेछ ।

Logo