दोस्रो उपत्यकाव्यापी कराते आजदेखि

दोस्रो उपत्यकाव्यापी कराते आजदेखि

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। दोश्रो उपत्यकाव्यापी कराते प्रतियोगिता शनिबारदेखि आयोजना हुने भएको छ।

प्रयागपोखरी डोजोका आयोजनामा ललितपुरमा आजदेखि सुरु हुने प्रतियोगितामा पुरुष-महिलाको एकल कातासहित समान १०–१० गरी २० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जानकारी दिए।

प्रतियोगितामा करिब ४ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। दुईदिने प्रतियोगिताका खेलहरु ललितपुरको मंगलबजारमा हुनेछ। २०६७ सालमा पहिलो संस्करण भएपछि यो वर्ष उपत्यकाव्यापी करातेको दोस्रो संस्करण हुन लागेको हो।

Logo