वुमेन्स प्रिमियर लिगः मुम्बई इन्डियन्सको विजयी सुरुआत

वुमेन्स प्रिमियर लिगः मुम्बई इन्डियन्सको विजयी सुरुआत

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। वुमेन्स प्रिमियर लिग (डब्ल्यूसीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले विजयी सुरुआत गरेको छ।

शुक्रबार राति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्स वुमनलाई ४ विकेटले पराजित गरेको हो। बैंग्लोरमा भएको खेलमा दिल्लीले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाएर १७१ रन बनाएको थियो। जवाफमा मुम्बईले ६ विकेटको क्षतिमा १७३ रन बनाउँदै ४ विकेटको जित दर्ता गरेको हो।

दिल्लीका लागि पहिला ब्याटिङ गर्दै एलेस केप्सेले ५३ बलमा ७५ रनको धुवाँधार पारि खेलिन्। उनले तीन छक्का र आठ चौका प्रहार गरिन्। यसैगरी जेमिमा रोड्रिगेसले २४ बलमा ४२ रन बनाउँदा दुई छक्का र पाँच चौका हिर्काएकी थिइन्।

कप्तान मेग लेनिङले ३१ रन बनाउँदा मरिजान केपले १६ रनको पारि खेलिन्। दिल्लीका लागि नाट सेभर र अमेलिया केरले समान दुई,दुई विकेट लिए।

जवाफमा सुरुआत खराब गरेको मुम्बईले कप्तान हरमनप्रित कौर र यास्तिका भाटियाले अर्धशतकीय पारि खेल्दै जित दिलाए। भाटियाले ४५ बलमा ५७ रनको पारि खेल्दै दुई छक्का र ८ चौका प्रहार गरिन्। यस्तै कप्ता कौरले ३४ बलमा ५५ रनको पारि खेल्दै एक छक्का र ७ चौका हिर्काइन् भने अमेलिया केरले १८ बलमा २४ रन बनाइन्।

नाट सेभरले १९ रन जोडेकी थिइन्। अन्त्यमा सजिवन सजनाले अन्तिम एक बलमा छक्का प्रहार गरेपछि मुम्बईले जित निकाल्न सफल भयो। दिल्लीका लागि अरुणधति रेड्डी र एलिस केप्सीले दुई/दुई विकेट लिए।

Logo