केपी ओली कपः एनआरटी र थ्री स्टार तथा आर्मी र पुलिस भिड्दै

केपी ओली कपः एनआरटी र थ्री स्टार तथा आर्मी र पुलिस भिड्दै

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालले आयोजना गरेको केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन्। ललितपुरको एन्फा मैदानमा हुने पहिलो खेलमा एनआरटी र थ्रीस्टार क्लब आमने सामने हुने छन्। एनआरटी र थ्रीस्टारबीचको खेल बिहान साढे ११ बजेदेखि सुुरु हुनेछ। यो खेलको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ।

यसैगरी आजै हुने दोस्रो खेल विभागीय डर्वी हुनेछ। जसमा त्रिभुवन आर्मी र नेपाल पुलिस आमने सामने हुने छन्। आर्मी र पुलिसबीचको खेल दिउँसो ३ बजेदेखि एन्फा मैदानमै खेलाइने छ। पुलिस र आर्मीको विजेताले सेमिफाइनल प्रवेशका लागि मच्छिन्द्र क्लबसँग खेल्ने छ।

शुक्रबार भएको उद्घाटन खेलमा आयोजक टोलीले ए डिभिजन लिग विजेता क्लब चर्च ब्वाइजलाई ३–० गोल अन्तरले पराजित गरेको थियो। अब सेमिफाइनल प्रवेशका लागि आयोजक टोलीले जावलाखेल युथ क्लबसँग खेल्नेछ। प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी र मच्छिन्द्रसहित सात वटा टिम सहभागी छन्।

ओली कपमा दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लब र आयोजक गरी कुल १० टिमबीच प्रतिस्पर्धा सुरु भएको छ। विजेता टिमले ११ लाख र दोस्रो हुनेले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। फाइनल खेल फागुन १९ गते हुनेछ।

Logo