पीएसएलमा कराची किंग्सको दोस्रो जित

पीएसएलमा कराची किंग्सको दोस्रो जित

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल) मा कराची किंग्सले दोस्रो जित निकालेको छ । शनिबार राति लाहोरमा सम्पन्न खेलमा कराचीले लाहोर क्वालन्दर्सलाई २ विकेटले पराजित गरेको हो। लाहोरको भने यो लगातार चौथो हार हो।

पहिला ब्याटिङ गरेको लाहोरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफमा अन्तिम ओभरको अन्तिम बलमा ८ विकेट गुमाएर कराचीले २ विकेटको जित निकाल्यो ।

पहिला ब्याटिङ गर्दा लाहोरका लागि ओपनर सहिव जदा फरानले ४५ बलमा ७२ रनको नटआउट पारि खेल्दा रसे भान डर डुसेनले २६ रन बनाए। यसैगरी जर्ज लिन्डेले पनि नटआउट २६ रन बनाउँदा साइ होपले २१ रन जोडे । कराची किंग्सका मिर हम्जा, हसन अली र तबरेज सम्सीले समान दुई-दुई विकेट लिए।

१७६ रनको जवाफी लक्ष्य पछ्याएको कराचीको सुरुआत राम्रो थिएन । मध्यक्रममा किरोन पोलार्डले ३३ बलमा ५८ रनको विस्फोटक पारि खेल्दै टिमलाई जितको लिकमा लगेका थिए । यस्तै, सोहेब मलिकले ३९ रन बनाउँदा मोहम्द नवाजले १५ रनमात्रै जोडे।

कराचीलाई जितका लागि ११ रन आवश्यक रहँदा व्याटिङ गरिरहेका अली र इरफान खानले जित दिलाए। अली आउट हुँदा अन्तिम बलमा एक रन आवश्यक भएका बेला विजयी रन भने मिर हम्जाले प्रहार गरेका थिए।

लाहोरका जमान खान र अहसन हफिजले दुई दुई विकेट लिँदा सहेन साह अफ्रिदी, जनदाद खान र हरिस रौफले एक-एक विकेट हात पारे। पीएसएलमा आज भने डबलहेडर गेम हुनेछ। दिउँसो पौने ३ बजे मुल्तान सुल्तान र क्वेटा ग्लाडियटर्सबीच प्रचिस्पर्धा हुँदा राति पौने ८ बजे लाहोर क्वालन्दर्स र पेसावर जाल्मीबीच खेल हुनेछ।

Logo