नेपालले गुमायो पहिलो विकेट, आसिफ शेख आउट

नेपालले गुमायो पहिलो विकेट, आसिफ शेख आउट

केन्द्रबिन्दु
168
Shares

काठमाडौं। आइसीसी लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।

भिभियन किंग्माको बलमा ओपनर आसिफ शेख आउट भएका हुन्।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपाललाई ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाएका थिए ।

नेपालले ८.३ ओभरमा एक विकेट गुमाएर ४२ रन जोडेको थियाे। तर आसिफ शेख व्यक्तिगत १७ रनमा क्याच आउट भए। राम्रो लयमा देखिएका उनले २७ बलमा १ छक्का र दुई चौका प्रहार गरेका थिए।

शृखलाअन्तर्गत नेदरल्यान्ड्सविरुद्ध भएको पहिलो खेल नेपालले जितेको थियो। जारी शृखलामा नेपालले नामिबियासँग भने दुवै खेल हारेको थियो।

Logo