नेपालले चौथो विकेट गुमायो, कप्तान रोहित पौडेल आउट

नेपालले चौथो विकेट गुमायो, कप्तान रोहित पौडेल आउट

केन्द्रबिन्दु
98
Shares

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो विकेट गुमाएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपालले चौथो विकेटका रूपमा रोहित पौडेललाई व्यक्तिगत १६ रनमा गुमाएको हो ।

आर्यन दत्तको बलमा उनी क्याच आउट भए। नेपालले २४.३ ओभरमा ४ विकेटको क्षतिमा ८७ रन बनाएको छ। ५४ रनमा ३ विकेट गुमाएको अवस्थामा रोहित र कुशल भुर्तेलबीच ३३ रनको साझेदारी भएको थियो।

आर्यन दत्तले रोहितलाई आउट गरेका हुन्। नेदरल्यान्ड्सका आर्यन दत्त र भिभियान किङ्माले दुई-दुई विकेट लिए । कुशल भुर्तेल ४१ रनमा खेल्दैछन्।

Logo