कुशल भुर्तेलकाे आठौँ अर्धशतक पूरा

कुशल भुर्तेलकाे आठौँ अर्धशतक पूरा

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले नेदरल्यान्ड्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालका लागि कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन्। उनी हाल ७८ बलमा ५१ रन बनाएर खेलिरहेका छन् । 

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको आठौँ अर्धसतक हो। नेपालले ३१ ओभरमा ६ विकेट गुमाएर एक सय १ रन जोडेको छ।

त्यस्तै नेपालका आसिफ शेख १७ आउट भए । त्यस्तै अनिल साह ७ र कुशल मल्ल २ रनमा पेवेलियन फर्किए । रोहित पौडेल १६ रनमा आउट भए भने दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भए । भीम सार्कीले खाता समेत खोल्न सकेनन् । 

यस सिरिजमा नामिबियाले आफ्ना चार खेलमा ३ जितसहित ६ अंक सहित तालिकाको शिर्ष स्थानमा रहेको छ । नेपाल दोस्रो स्थानमा रहेको छ । नेदरल्याण्डसँग समान २ अंक भए पनि नेपाल नटरनरेटका आधारमा दोस्रो स्थानमा रहेको हो । 

Logo