नेदरल्याण्ड्सविरुद्ध नेपाल १७२ रनमा अलआउट

नेदरल्याण्ड्सविरुद्ध नेपाल १७२ रनमा अलआउट

केन्द्रबिन्दु
28
Shares

घरेलु टोली नेपालले आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत पहिलो सिरिजको अन्तिम खेलमा नेदरल्याण्ड्सविरुद्ध सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले ९३ बल खेल्दै आठ चौकाको मद्दतमा ६६ रन बनाए । त्यस्तै करण केसीले २६ रन बनाउदा आरिफ शेखले २२ रन जोडे । आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले सात र गुल्शन झा पाँच रन बनाए ।

नेदरल्याण्डसका आर्यन दत्त र भिभियन किङ्ग्माले समान तीन/तीन विकेट लिए । यसैगरी बास डि लिडेले दुई विकेट लिँदा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।

Logo