नेदरल्यान्ड्सविरुद्ध विकेटको खोजीमा नेपाल

नेदरल्यान्ड्सविरुद्ध विकेटको खोजीमा नेपाल

केन्द्रबिन्दु
56
Shares

आइसिसी क्रिकेट विश्वकप लिग -२ अन्तर्गत नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याउँदै नेदरल्यान्ड्सले ब्याटिङ गरिरहेको छ । २६ओभरको खेल सकिँदा नेदरल्यान्ड्सको २ विकेट मात्रै पतन भएको छ ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले पहिलो विकेट दिलाए । उनले आठौं ओभरको चौथो बलमा नेदरल्यान्ड्सका ओपनर मिचेल लेभिटलाई ३९ रनमा बोल्ड गरेका हुन् । उनले ३४ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए । यस्तै अर्का ‌ओपनर म्याक्स ओुडाउद २८ रन जोडेर आउट भएका छन्। उनलाई नेपालका ललित राजवंशीले पवेलियन फर्काए । त्यसपछि नेपाली बलर विकेटको खोजीमा छन् । हाल नेदरल्यान्ड्सले २६औं ओभर सकिँदा १२० रन बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाएको थियाे । नेपालका लागि कुशल भुर्तेलले ९३ बल खेल्दै आठ चौकाको मद्दतमा ६६ रन बनाए । त्यस्तै करण केसीले २६ रन बनाउदा आरिफ शेखले २२ रन जोडे । आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले सात र गुल्शन झा पाँच रन बनाए ।

नेदरल्याण्डसका आर्यन दत्त र भिभियन किङ्ग्माले समान तीन/तीन विकेट लिए । यसैगरी बास डि लिडेले दुई विकेट लिँदा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।

Logo