एनआरटी केपी ओली कपको सेमिफाइनलमा

एनआरटी केपी ओली कपको सेमिफाइनलमा

केन्द्रबिन्दु
70
Shares

काठमाडौँ । न्यू रोड टिम (एनआरटी) ले थ्रीस्टार क्लबलाई पराजित गर्दै केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा एनआरटीले थ्रीस्टार क्लबमाथि १–० को जित निकाल्दै सेमिफाइनलमा पुगेको हो । एनआरटीको जितमा विवेक गुरुङ नायक बने । उनले खेलको २९औँ मिनेटमा गरेको एक गोल नै एनआरटीका लागि निर्णायक गोल सावित भयो ।

सञ्जिव विष्टलाई पेनाल्टी एरियामा थ्रीस्टारका खेलाडी खेमराज श्रेष्ठले लडाएपछि एनआरटीले फ्रिकिकको अवसर पाएको थियो । जसको सदुपयोग गुरुङले गरे ।

राष्ट्रिय युवा सङ्घको आयोजनामा भएको उक्त प्रतियोगिताका विजेता टोलीले रु ११ लाख तथा उपपिवेताले रु पाँच लाख प्राप्त गर्नेछन् ।

Logo