फागुन १६ देखि मारवाडी प्रिमियर लिग क्रिकेट सुरु हुने

फागुन १६ देखि मारवाडी प्रिमियर लिग क्रिकेट सुरु हुने

केन्द्रबिन्दु
28
Shares

विराटनगर । फागुन १६ गतेदेखि विराटनगरमा १०औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपीएल) सञ्चालन हुने भएको छ ।

नेपाल अग्रवाल युवा मञ्च विराटनगरले आयोजना गर्न लागेको प्रतियोगितामा ५ टिमको सहभागिता रहने जनाइएको छ । प्रतियोगिता फागुन १९ गतेसम्म सञ्चालन हुनेछ । मञ्चले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा मञ्चको टिम केएसबी रोयल्स, माहेश्वरी युवा मञ्चको प्रिमियर–११, ओश्वाल युवा मञ्चको अरिहन्त–११, नेपाल मारवाडी ब्राह्मण युवा मञ्चको पर्शुराम वारियर्स र मेण्ढ स्वर्णकार युवा मञ्चको सिएसबी टाइटन टिम सहभागी हुने जनाएको हो ।

प्रतियोगिताको विजेता टिमले ट्रफीसहित नगद ६१ हजार र उपविजेता टिमले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष मनिष अग्रवालले बताए । ११ लाख रुपैयाँ खर्च गरेर आयोजना गर्न लागिएको प्रतियोगितालाई आनन्द ईट्टा, रमपम चाउचाउ, सेन्चुरियन, बाग्मती, लक्ष्मी सनराइज बैंक र मेट लाइफ इन्सुरेन्सले स्पोन्सर गरेका छन् ।

Logo