मोड्रिचको गोलमा रियल विजयी

मोड्रिचको गोलमा रियल विजयी

केन्द्रबिन्दु
154
Shares

काठमाडाैँ। लुका माड्रिचले खेलको अन्त्यतिर उत्कृष्ट गोल गर्दै रियल मड्रिडलाई महत्त्वपूर्ण तीन अङ्क दिलाएका छन् । आइतबार राति सेभियाविरुद्ध खेलमा मोड्रिचको एक मात्र गोल निर्णायक बनेको हो।

इंग्ल्याण्डका मिडफिल्डर जुड बेलिङह्याम बिना मैदानमा रियल उत्रिँदा खेल बराबरीतर्फ अग्रसर भइरहेको थियो । तर, ३८ वर्षीय क्रोएसियाका मिडफिल्डरले मैदान प्रवेश गरेको सात मिनेटपछि उत्कृष्ट गोल गर्दै रियललाई जीत दिलाए । यसअघि लुकास भाजक्वेजको गोल रद्द गरिएको थियो ।

जीतपछि रियलले ला लिगाको शीर्ष स्थानमा ८ अङ्कको अग्रता बनाएको छ । २६ खेलपछि रियलको ६५ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको ५७ अङ्क रहेको छ । तेस्रो स्थानमा रहेको जिरोनाको ५६ अङ्क छ । तर, टोलीले एक खेल कम खेलेको छ ।

Logo