नेपाली क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो, क-कसले पाउँछन् ?

नेपाली क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो, क-कसले पाउँछन् ?

केन्द्रबिन्दु
98
Shares

नेपाली क्रिकेट खेलाडीको तलब एक लाख पुगेकाे छ । नेपाल क्रिकेट संघ (क्यान)काे शनिवार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै तलब पनि बढाएकाे हाे । क्यानले पुरुषतर्फ ग्रेड ए का खेलाडीलाई मासिक एक लाख, ग्रेड बीका खेलाडीलाई ७० हजार, ग्रेड सीका खेलाडीलाई ५५ र ग्रेड डीका खेलाडीलाई ३५ हजार दिने निणर्य गरेको छ ।

पुरुषतर्फ ३० खेलाडीले केन्द्रिय सम्झौता प्राप्त गर्दा महिलातर्फ १९ जना ग्रेडीङमा परेका छन् ।

पुरुषतर्फ ग्रेड:

ग्रेड ए – रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल

ग्रेड बी – कुशल मल्ल, गुलशन झा, भीम सार्की, ललित नारायाण राजवंशी, आरिफ शेख, अभिनाश बोहोरा

ग्रेड सी – विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा, प्रतिश जिसी

ग्रेड डी – पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद, सूर्य तामाङ

इमर्जिङ– दीपेश कँडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती, हेमन्त धामी

महिलातर्फको ‘ए’ ग्रेडका पर्ने खेलाडीलाई रु ५० हजार प्रदान गरिनेछ भने ‘बी’ ग्रेडलाई रु ३५ हजार, ‘सी’ लाई रु ३० हजार, ‘डी’ लाई रु २५ हजार तथा इमर्जिङ समूहलाई रु २० हजार प्रदान गर्ने बैठकले निर्णय गरेको छ ।

महिलातर्फ ग्रेड:

ग्रेड ए – इन्दु वर्मा, रुविना क्षेत्री, सिता रानामगर

ग्रेड बी – कविता कुँवर

ग्रेड सी – पुजा महतो, अश्मिना कर्मचार्य

ग्रेड डी – अप्सरी बेगम, कविता जोशी, संगीता राई, काजोल श्रेष्ठ, विन्दु रावल

इमर्जिङ– सोनी पाख्रिन, खुसी डंगोल, ज्योत्स्निका मरासिनी, कन्चन श्रेष्ठ, रुवी पोदार, सृष्टि जैशी, सम्झना खड्का, सना प्रविन

Logo