आठौं आरवीवी-एनभिए राष्ट्रिय भलिबल चैत्र ३ देखि

आठौं आरवीवी-एनभिए राष्ट्रिय भलिबल चैत्र ३ देखि

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपाल भलिबल संघले आठौं आरवीवी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आयोजना गर्दैछ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी भलिबल संघका महासचिव रोशन श्रेष्ठले चैत्र ३ देखि १० गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा च्याम्पियनसिप आयोजना गर्न लागेको जानकारी दिए । उनका अनुसार च्याम्पियनसिप पुरुषतर्फ १२ टिम र महिलातर्फ नौं टिमगरी जम्मा २१ टिमको सहभगिता रहनेछ ।

प्रतियोगितामा संघले प्रथम, द्धितिय र तृतिय हुने टिमलाई नगद पाँच लाख रुपैंयाँ , २ लाख ५० हजार एवं १ लाख २५ हजार प्रदान गर्नेछ । उत्कृष्ट विधातर्फ सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ४०/४० हजार, व्यक्तिगत विधातर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको लागि अनुमानित ५५ लाख खर्च लाग्ने भएकाले बाँकी रकम जुटाउन संघले अहिलेपनि विभिन्न संघ संस्थासँग सहकार्य गर्ने प्रयत्न गरिरहेको जनाएको छ ।

Logo