पाकिस्तान सुपर लिगमा इस्लामावादविरुद्ध पेशावर जाल्मी ८ रनले विजयी

पाकिस्तान सुपर लिगमा इस्लामावादविरुद्ध पेशावर जाल्मी ८ रनले विजयी

केन्द्रबिन्दु
112
Shares

काठमाडौं। पाकिस्तान सुपर लिग पीएसएलमा पेशावर जाल्मी ८ रनले विजयी भएको छ। लाहोरमा सोमबार राति भएको खेलमा पेशावरले इस्लामावाद युनाइटेडलाई पराजित गरेको हो।

पेशवारले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाएर २०१ रनको विशाल योगफल तयार पारेको थियो। जवाफमा इस्लामावादले ९ विकेट गुमाएर १९३ रनमा रोकियो।

पेशावरका लागि पहिला ब्याटिङ गर्दा कप्तान बाबर आजमले शतक प्रहार गरेका थिए। उनले ६३ बल फेस गर्दा दुई छक्का र १४ चौकाको मद्दतले १११ रनको नटआउट पारि खेले।

यसैगरी सयम अयुवले २१ बलमा ३८ रन बनाउँदा दुई छक्का र तीन चौका प्रहार गरे। पौल वाल्टरले १९ रन बनाउँदा असिफ अलिले १७ रनको नटआउट पारि खेले। इस्लामावादका सदाब खानले २ विकेट लिए।

जवाफी लक्ष्य पछ्याएको इस्लामावादको सुरुआत भने राम्रो भएन। जोर्डन क्रस १३ रन बनाएर आउट भएपछि विकेट पतन सुरु भयो। अर्का ओपनर कोलिन मुनरोले ५३ बलमा ७१ रन तथा आजम खानले ७५ रनको पारि खेले पनि जित दिलाउन असफल रहे।

अन्तिम ओभरमा जितका लागि १८ रन आवश्यक भएकोमा १० रनमात्रै बनेको थियो। जाल्मीका अरिफ अक्युबले सर्वाधिक ५ विकेट लिएपछि इस्लामावादको पारि अघि बढ्न असफल भएको थियो। पीएसएलमा पेशावर जाल्मीको तेस्रो जित हो भने इस्लामावाद युनाइटेडको तेस्रो हार हो। पेशावर तेस्रो तथा इस्लामावाद पाँचौं स्थानमा छ।

Logo