नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको टी-२० सिरिज पनि एक्सन स्पोर्टसमा

नेपाल, नामिबिया र नेदरल्याण्ड्सबीचको टी-२० सिरिज पनि एक्सन स्पोर्टसमा

केन्द्रबिन्दु
84
Shares

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंगलबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी-२० त्रिकोणात्मक सिरिज सुरू भएकाे छ। नेपाल, नामिबिया र नेदरल्याण्ड्स सहभागी उक्त टी- २० सिरिज डिसहोमको एक्सन स्पोर्टस एचडीवानबाट प्रत्यक्ष प्रसारण भएको छ।

पछिल्लो समय नेपाली क्रिकेट टिमले त्रिवि क्रिकेट मैदानमा खेलेका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु प्रत्यक्ष प्रशारण गरिरहेको डिसहोमले त्रिकोणात्मक टी-२० सिरिज पनि प्रशारण गरिरहेकाे छ।

एक्सनस्पोर्टस एचडी वानबाट यसअघि नेपाल र क्यानडाबीचको सिरिजका साथै आइसीसी विश्वकप लिग टूको पहिलो त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रशारण भएको थियो।

टी-२० सिरिज अन्तर्गत मंगलबार नेपालले नामिबियासँग खेल्ने छ भने २८ फेब्रुअरीमा नेदरल्याण्ड्ससँग खेल्नेछ। यसैगरी २९ फेब्रुअरीमा नामिबिया र नेदरल्याण्ड्स भिड्दा मार्च १ तारिखमा नेपाल र नामिबिया दोस्रो पटक भिड्ने छन्।

त्यसैगरी नेपाल र नेदरल्याण्ड्सको दोस्रो भेट मार्च २ हुनेछ। तीन मध्य शीर्ष २ ले उपाधिका लागि मार्च ३ मा खेल्ने छन्। सबै खेल विहान साढे ११ बजेदेखि सुरु हुनेछन्।

Logo