जान निकोलको विष्फोटक शतकमा नामिबियाले दियो २०७ रनको लक्ष्य

जान निकोलको विष्फोटक शतकमा नामिबियाले दियो २०७ रनको लक्ष्य

केन्द्रबिन्दु
28
Shares

नामिबियाले त्रिकोणात्मक टी -२० आई सिरिजअन्तर्गत पहिलो खेलमा घरेलु टोली नेपाललाई विहाल लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०६ रन जोडेको हो । नामिबियाका लागि जान निकोल लोफ्टि-इटनले सानदार शतकीय इनिङ खेले । उनले ३३ बलमै शतक प्रहार गरेका हुन् । ११ चौका र ८ छक्काको मदतमा उनले १०१ रन प्रहार गरे । याेसँगै उनी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका छन् । उनी नेपाली ब्याट्सम्यान कुशल मल्लको कीर्तिमान तोड्दै सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका हुन् । कुशलले यसअघि सन् २०२३ को सेप्टेम्बर २७ तारिखमा एसियाली खेलकुदअन्तर्गत खेलिएको मंगोलियाविरुद्धको खेलमा ३४ बलमा शतक बनाएका थिए ।

साथै मालन क्रुगरले पनि ५९ रनको अर्धशतकीय पारी खेले । पहिलो १० ओभरको खेलमा मात्र ६० रन जोडेको नामिबियाले पछिल्लो १० ओभरमा नेपालको बलिङ नचल्दा भरपूर फाइला उठाउँदै १४६ रन जोड्न सफल भयो ।

नेपालका लागि पहिलो विकेटको रुपमा पावरप्लेको अन्तिम बलमा करण केसीले नामिबियाका ओपनर भान लिङगेनलाई २० रनमा गुल्सन झाबाट क्याच गराएका थिए । नवौं ओभरको दोस्रो बलमा कप्तान रोहित पौडेलले जेपी कोट्जेलाई २० रन र १०औं ओभरको चौथो बलमा जान फ्रिलिंकलाई ५ रनमा आउट गराए । बलिङ नेपालको फितलो बन्यो । सोमपाल कामीले ३ ओभरमा ३२ रन खर्चिए तर विकेट लिन सकेनन् । गुलसन झाले एक ओभरमै १८ रन खर्चिए । अविनास बोहराले एक विकेट लिए ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सले आइसीसी विश्वकप क्रिकेट लिग–२ पछि ट्वान्टी २० खेल खेल्न लागेका हुन् । यसअघि भएको एकदिवसीय नेपाल भ्रमणमा रहेको नामिबियाले त्रिवि मैदानमा पछिल्लो चार खेलमध्ये तीन खेलमा जित हासिल गरेको थियो । यता नेपालले भने नामिबियासँग पहिलो खेलमा चार विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा दुई विकेटको हार बेहोरेको थियो ।

Logo