उपप्रमुख महिला फुटबलको पहिलो सेमिफाइनल आज

उपप्रमुख महिला फुटबलको पहिलो सेमिफाइनल आज

केन्द्रबिन्दु
84
Shares

विराटनगर। इलाम सदरमुकामको ठूलो टुँडिखेलमा जारी प्रथम अन्तरपालिका उपप्रमुख महिला फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ।

आज हुने पहिलो सेमीफाइनलमा सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाबीच प्रतिस्पर्धा हुँदैछ। अन्तिम क्वार्टरफाइनल खेलमा इलाम नगरपालिकाको टिमले माङसेबुङ गाउँपालिकालाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ।

मनिषा थापामगरको एकमात्र निणर्ायक गोलसँगै इलाम नगरपालिका सेमिफाइनलमा पुगेको हो। अन्तिम क्वार्टरफाइनल खेलमा वुमन अफ् दि म्याच घोषित हुँदै इलामकी डिफेन्डर सजनी थोकरले नगद तीन हजार पुरस्कार जितिन्।

प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख रुपैयाँ पाउनेछन्। माइभ्याली फुटबल क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा इलामका सबै पालिकाहरुको सहभागिता छ। प्रतियोगिताको फाइनल १९ गते हुनेछ।

Logo