नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

नेदरल्यान्ड्सले नेपाललाई दियो १८५ रनको लक्ष्य

केन्द्रबिन्दु
28
Shares

त्रिकोणात्मक टी२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा घरेलु टोली नेपाललाई जितका लागि नेदरल्यान्ड्सले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाउँदै १८४ रन जोडेको हो ।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले अर्धशतकीय इनिङ खेले । ३६ बल खलेका उनले छ चौका र ३ छक्काको मदतमा ५४ रन प्रहार गरे । साथै साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा नटआउट ४९ रन तथा कप्तान स्कट एडवार्ड्सले १६ बलमा ५ चौकासहित ३३ रन जोडे ।

बलिङमा नेपालका कुशल मल्ल र करण केसीले एक-एक विकेट लिए ।

नेपाल पहिलो जितको खोजीमा छ । हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । यता नेदरल्यान्ड्स भने नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने उद्देश्यका साथ मैदानमा छ ।

Logo