नेदरल्यान्डविरुद्ध पनि कुशल भुर्तेल शून्यमै आउट

नेदरल्यान्डविरुद्ध पनि कुशल भुर्तेल शून्यमै आउट

केन्द्रबिन्दु
42
Shares

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत दोस्रो खेलमा नेदरल्यान्डविरुद्ध चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाललाई पहिलो झड्का लागेको छ । पहिलो विकेटको रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई शून्य रनमा गुमाएको हो । पहिलो ओभरको चौथो बलमा भुर्तेल डक आउट भएका हुन् । नेपालको आशा गरिएका ओपनरले नै खराब सुरुवात गरेपछि नेपालको ब्याटिङ धर्मराएको छ ।

हुन त उनी मंगलबार भएको नामिबियाविरुद्धको खेलमा पनि पहिलो बलमै डकआउट भएका थिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाउँदै १८४ रन जोडेको थियाे । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले अर्धशतकीय इनिङ खेले । ३६ बल खलेका उनले छ चौका र ३ छक्काको मदतमा ५४ रन प्रहार गरे । साथै साइब्रान्ड एंगलब्रेक्टले ३८ बलमा नटआउट ४९ रन तथा कप्तान स्कट एडवार्ड्सले १६ बलमा ५ चौकासहित ३३ रन जोडे ।

बलिङमा नेपालका कुशल मल्ल र करण केसीले एक-एक विकेट लिए ।

नेपाल पहिलो जितको खोजीमा छ । हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । यता नेदरल्यान्ड्स भने नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने उद्देश्यका साथ मैदानमा छ ।

Logo