साम्बाले वाफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने

साम्बाले वाफ च्याम्पियनसिपको फाइनल खेल गुमाउने

केन्द्रबिन्दु
924
Shares

काठमाडौँ। नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले वाफ महिला च्याम्पियनसिपको फाइनल खेल गुमाउने भएकी छन् । फ्रान्स क्लबमा आबद्ध रहेकी साम्बाले जोर्डनविरुद्ध बिहीबार राति हुने फाइनल खेल गुमाउने भएकी हुन्।

क्लबसँगको सम्झौताअनुसार खेलाडीलाई फिफा विन्डो मितिहरूमा आयोजित प्रतियोगिता र टूर्नामेंटहरूमा आफ्नो देशको प्रतिनिधित्व गर्न अनुमति दिन्छ ।

फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । तर, फेब्रुअरी २९ मा हुने फाइनल फिफा विन्डो भित्र नपर्ने हुँदा साम्बाले फाइनल खेल गुमाउने छिन् ।

नेपाल फुटबल संघ (एन्फा) ले साम्बा फाइनल खेलमा उपस्थित नहुने जानकारी गराएको हो । ‘सावित्रा जोर्डनविरुद्धको फाइनलका लागि राष्ट्रिय टोलीमा छनोटका लागि उपलब्ध नहुने स्पष्ट पार्न चाहन्छौँ। यसबाट हाम्रा फ्यानहरूमा निम्त्याउन सक्ने निराशालाई हामी स्वीकार गर्छौँ र सावित्राको अनुपस्थिति निस्सन्देह महसुस हुनेछ भनी बुझ्छौँ,’ एन्फाले सामाजिक सञ्जालमा लेखेको छ।

Logo