केपी ओली कपः सेमिफाइनलका दुई खेल आज

केपी ओली कपः सेमिफाइनलका दुई खेल आज

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको आयोजनामा काठमाडौँमा जारी केपी ओली कप फुटबलका दुवै सेमिफाइनल खेल आज हुने भएका छन्। प्रतियोगिताका उद्घाटनसहित क्वाटरफाइनलसम्मका खेल एन्फा मैदान सातदोवाटोमा भएका थिए। तर, आजका दुवै सेमिफाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ।

विहान साढे ११ बजे जावालाखेल युथ क्लब र एनआरटी पहिलो सेमिफाइनलमा भिड्ने छन्। जावलाखेलले आयोजक केपी ओली एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो। यस्तै एनआरटीले थ्रीस्टारलाई १-० गोल अन्तरले स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो।

आजै दोस्रो सेमिफाइनल खेल दिउँसो ३ बजेदेखि सुरू हुनेछ। दोस्रो सेमिफाइनलमा मच्छिन्द्र क्लब र भारतका मानेभञ्ज्याङ एफसी आमने सामने हुनेछन्। मच्छिन्द्रले विभागीय नेपाल पुलिस क्लबलाई ४-० तथा मानेभञ्ज्याङले भारतकै दिल्ली एफसीलाई ३-१ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेका थिए।

आज भएका दुवै सेमिफाइनलका विजेताले १९ गते उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिताको उपाधि विजेताले ११ लाख पाउँदा उप विजेता हुने टिमले ५ लाखमा चित्त बुझाउने छ।

यसैगरी सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्। गत वर्ष केपी ओली कपको उपाधि मच्छिन्द्र क्लबले जितेको थियो।

Logo